काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


महंगी,भ्रष्टाचार,अनियमितता,अराजकता, सामाजिक र धार्मिक सहिष्णुता र सदभाव भड्काउने अपराधिक गतिविधि विरुद्ध भन्दै युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको हो । प्रदर्शनका लागि बिभिन्न स्थानबाट एमाले समर्थक र्याली सहित तीनकुनेमा भेला भएका थिए । प्रदर्शनमा युवासंघ बाहेक एमाले निकट बिभिन्न संघ संगठनको सहभागीता रहेको छ ।


ADVERTISEMENT

# # #


प्रदर्शनलाई सम्बोधन गर्दै एमाले युवा नेता महेश बस्नेतले महंगी,भ्रष्टाचार,अनियमितता बिरुद्ध लगाएको कार्यक्रम भएको बताए । आफुहरुको कार्यक्रमलाई कसैले गलत ढंगले प्रयास गर्दैमा दिगभ्रमित हुन नपर्ने उनले जनाए । बस्नेतले सरकारको विरुद्ध आन्दोलन निषेधाज्ञासम्म नपुगोस भनेर आग्रह गरे । प्रचण्ड सरकारको आयु छोटो रहेकाले उखरमाउलो भएको उनले टिप्पणी गरे। त्यस्तै उहाले दुर्गा प्रसाई जस्ता मान्छे एमालेको विरोध गरेर रमाइरहेको भन्दै अपराधिक प्रवृतिको पछाडी ज्ञानेन्द्र शाह लागेको तर्क गरे ।

बस्नेतले गणतन्त्रको रक्षाका लागि आफुहरुको आन्दोलन भएको पनि जनाए । त्यसअघि काठमाडौंको माइतिघरमा गर्ने भनिएको प्रदर्शन सुरक्षाका कारण काठमाडौं प्रशासन कार्यालयले तीनकुनेमा आयोजना गर्न स्थान तोकिदिएको थियो ।

प्रदर्शनका केही झलकहरु तस्बीरमा