काठमाडौँ–नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् ।


ADVERTISEMENT


शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।


ADVERTISEMENT

# # #


प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।

प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

कोको भए उम्मेदवार ?

प्रदेश नम्वर ४
सुरेन्द्रराज पाण्डे, अन्य समूह

बृन्दा राना मगर, महिला,

जीतबहादुर नेपाली, दलित

प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समूह

अनिता देवकोटा, महिला

मैकुलाल बाल्मीकि, दलित

लुटबहादुर खत्री, अपाङग्

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला

सूर्यदेवी मल्ल, महिला

सिताराम विके, दलित

गोपालप्रसाद शर्मा, अपाङ्ग

प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला

तारादेवी भट्ट, महिला

शेरी राम पार्की, दलित

छत्रराज जोशी, अपाङ्ग