रसुवा  । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री मंगलबारदेखि धमाधम नेपाल भित्रन थालेको छ ।


ADVERTISEMENT


केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताएका छन् । मंगलबार साँझसम्म १०० वटा मालबाहक ट्रक र कन्टेनर आउने अपेक्षा गरिएको छ । चिनियाँ सुरक्षा अधिकारीले मंगलबार बिहानमात्र नेपालतर्फ ट्रक र कन्टेनर पठाएको बताइएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा सामान पठाउने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्से पिङले केरुङमा रहेका सयौँ नेपाली ट्रक कन्टेनरमध्ये ३०० भन्दा बढीमा सामान लाद्ने काम भइसकेको बताए । नेपाली बजारमा खपत हुने चीनबाट आएका सामग्री परीक्षण र जाँचपासको प्रक्रिया अगाडि बढिसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।