चिनियाँ कामदारले आफ्नो अद्भु त कार्य क्षमता फेरि सार्वजनिक गरेका छन्। करिब १ हजार ५ सय कामदारले जम्मा ९ घन्टा काम गरेर नयाँ रेल स्टेसन खडा गरेर सबैलाई आश्चर्यमा पारे। तीब्र गतिमा चिनियाँ कामदारले नयाँ रेल स्टेसन बनाएको ठाउँ भने दक्षिणपूर्वी चीनको फुजियान प्रान्तमा हो।


ADVERTISEMENT


डेली मेलका अनुसार सात ट्रेन र २३ डिगर प्रयोग गरेर यो प्रोजेक्ट पूरा गरिएको थियो। सबै कामदारलाई पाँच युनिटमा विभाजित गर्दै एकै पटक काम गरिएको उनीहरुले जनाएका छन्।


ADVERTISEMENT

# # #


उनीहरुले त्यही समयभित्र ट्राफिक सिग्नल र ट्राफिक मोनिटरिङ इक्युपमेन्टसमेत जडान गर्न भ्याएका हुन्।

सिन्ह्वा समाचार संस्थाका अनुसार उनीहरुले यसरी नानलङ रेलवे स्टेसन तयार पारेका हुन्। जनवरी १९ बाट सुरु गरेर २० मा काम फत्ते गरेका थिए। उनीहरुले तीनवटा मुख्य रेलरोड कनेक्ट गराएका छन्।

चाइना ताइसिजु सिभिल इन्जिनियरिङ ग्रुपका डेपुटी म्यानेजर झङ दासाङले कामदारहरुलाई सात समूहमा विभाजन गरेर काम गरेकाले छिटो सकिएको जानकारी दिए। सन् २०१८ भित्र यो रेल नेटवर्कको पूरै काम सकिने बताइएको छ।

२ सय ४६ किलोमिटर लम्बाईको रेलवेले दक्षिणपूर्वी चीनलाई सेन्ट्रल चाइनासँग जोड्छ। तयार भएपछि यसबाट २ सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा रेल दौडनेछ।