काठमाडौं – मीनबहादुर थापा मेमोरियल फाउण्डेसनले डडेल्धुराको जोगबुढामा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।


ADVERTISEMENT


फाउण्डेसनले माघ १४ गते परशुराम नगरपालिका–१२ मा रहेको भित्री मधेश क्षेत्रकै पुरानो विद्यालय सिद्धनाथ माध्यामिक विद्यालयमा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा डडेल्धुराका विभिन्न क्षेत्रका १७ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहने फाउण्डेसनका संरक्षक विरेन्द्र थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रतियोगितामा विजयी विद्यालयले प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार २५ सय रुपैयाँ प्राप्त गर्नेछन् । फाउण्डेसनले भित्री मधेश क्षेत्रका दुई जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेर अध्ययन गराइरहेको छ । फाउण्डेसनले हेरक वर्ष फरक–फरक विद्यालयमा उत्कृष्ट नतीजा ल्याएर उत्तिण हुने विद्यार्थीलाई विद्यालयले निर्धारण गरे अनुसारको धनराशी बराबरको पुरस्कार पनि प्रदान गर्दै आएको छ ।

मीनबहादुर थापा मेमोरियल फाउण्डेसनले गत कातिक महिनामा जोगबुढामै ७ नम्बर प्रदेशस्तरीय भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।