मकावानपुर क्षेत्र नं २ को प्रदेशसभा (ख)का साँसद तथा नेपाली कांग्रेसका युवा नेता इन्द्र बानियाँसंग हिमालय पोष्टले गरेको कुराकानी


ADVERTISEMENT


संविधान कार्यान्वयनका लागि विभिन्न चरणका निर्वाचनहरु पनि सम्पन्न भए । मतपरिणामलाई कांग्रेसले कसरी समीक्षा गरिराखेको छ ?


ADVERTISEMENT

# # #


अहिलेको मत परिणाम स्वभाविक हो । किनभने स्थानीय तहको मत परिणाममा पहिलो पार्टी रहेको नेकपा एमाले र तेस्रो स्थानमा रहेको माओवादी केन्द्र दुईटाको गठबन्धन भएपछि दोस्रो स्वभाविक रुपमा तल पर्छ नै । तर हामीले जति सोचेका थियौ, त्यो भन्दापनि कम आयो । प्रत्यक्षतर्फमा हामी ४० जति जित्छौँ भन्ने साचेका थियौँ । त्यो हुन सकेन । तर समानुपातिकमा हामीले साचेकोजस्तै आयो । नेपाली कांग्रेसलाई जनताले अहिलेपनि त्यत्तिकै रुचाएका छन् ।

तपाई पनि प्रदेशसभातर्फ निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो । निर्वाचनको अनुभव कस्तो रह्यो ?

यसमा मैँले अनुभव गरेको के हो भने जनता र कार्यकर्तासंग प्रत्यक्ष सम्पर्क भयो भने प्रत्यक्ष जितिने कुरा रहेछ । जनता र कार्यकर्तामा उत्साह आएन भने निर्वाचन लड्नेलाई अलि समस्या हुन्छ । त्यस कारण अहिलेको निर्वाचन मुलुकको संविधानको पूर्णताको लागि भएको छ । वाम गठबन्धनले अहिले बहुमत पाएको छ । उहाँहरुले गर्ने गतिविधि देश, जनता र संविधानप्रति कती इमान्दार भएर काम गर्छन् भनेर हेर्नेबेला आएको छ । कुरा समृद्धिको गर्ने, व्यवहार देश र जनताको अहितमा गर्ने काम गरे भने कांग्रेस त्यसको खबरदारी गर्छ । हामीले सशक्त, अनुशासित, मर्यादित, लोकतन्त्रको लामो अभ्यास गरेको नेपाली कांग्रेसले लोकतन्त्रको विधिभित्र रहेर खबरदारी गर्ने काम हामी गर्छौँ ।

सरकारले प्रदेश नं ३ को अस्थायी राजधानी मकवानपुरलाई तोकेको छ । तपाई मकवानपुरबाट नै प्रतिनिधित्व गर्नुहुन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

मैँले मकावानपुर २ को प्रदेशसभातर्फ ख बाट जितेर आउँदाखेरि नै सम्पूर्ण मिडियामा प्रदेशको राजधानी सबै दृष्टिकोणले मकवानपुर नै हुनुपर्छ भनरे भनेको थिएँ । प्रधानमन्त्रीकोमा पनि पटकपटक पुगियो । सबैतिरबाट उपयुक्त छ भने अहिले फस्ट ट्रयाकमार्फत ४० मिनेटमा पुगिनेछ । क्षेत्रीय संरचनाहरु पनि हेटौँडामा नै छन् । सडकसञ्जालले पनि छोएको छ । यसकारणले हेटौँडाभन्दा उपयुक्त ठाउँ अन्त देखिएन । अर्को भनेको दुई नम्बर प्रदेशको ठूलो आर्थिक केन्द्र वीरगञ्ज भान्सार नाका पनि नजिकै भएकोले नै बढी उपयुक्त भएको हो । त्यस कारण हेटौँडा सबै प्रदेश राजधानीभन्दा उपयुक्त राजधानी हो ।

अब स्थायी रुपमा नै अगाडि बढ्छ ? किनकी एमालेले हाम्रो सकरार आएपछि हेरफेर गर्छौँ भनेको छ नि ?

स्थायी नभएर हुन्छ ? हुनुपर्यो नि । फेरि फेरबदल गर्ने हो भने राम्रो सन्देश जाँदैन । फेरवदल गर्न प्रदेशसभामार्फत दुईतिहाई मत आवश्यक हुन्छ । त्यस कारण सबैले हेटौँडालाई नै समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ ।

स्थायी मुकाम तोकिएसंगै प्रदेशसभाको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्रीको चयन पनि हुन्छ । यसका बारेमा के सोच्नुएको छ ?

यो प्रदेशमा एमालेको एक्लै बहुमत छ । त्यसमा माओवादीको पनि २३ वटा सिट थपिएको छ । त्यस कारण हामीसंग अहिले समानुपातिक १४ र प्रत्यक्षतर्फ ७ गरेर २१ सिट छ । भोलि परिस्थिति के हुन्छ थाहा छैन । तर हामीले प्रतिपक्षीको भूमिका खेल्नुपर्ने अवस्था छ । त्यसकारण हाम्रो पार्टीले मलाई विपक्षीदलको नेता बनाउन साथ सहयोग रहने अपेक्षा गरेको छु ।

कार्यकारी पदमा रहँदा होस् वा प्रतिपक्षमा बस्दा । यो अवधिमा म यी यी काम गर्छु भनेर सोच्नु भएको छ होला । बताइदिनुस् न अब के कस्ता योजना छन् ? ३ नं प्रदेशले समग्र मुलुकको विकासका लागि कस्तो भूमिका खेल्छ ?

कनु ठाउँमा के गर्दा जनताको समृद्धि आउँछ भनेर अवलोकन गरेर यो प्रदेशको भूगोल अनुसार अध्ययन गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सडक हो । त्यस पछि जनताको अवस्था हेरेर योजनाहरु अगाडि बढ्छन् । प्रतिपक्षी दलको रुपमा हामी प्रदेशको विकासका लागि दह्रो रुपमा खट्छौँ ।

निर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर जुन किसिमका आवाज उठिरहेका छन् । त्यसमा तपाईको धारणा के छ ?
हिजो राणाशासनको अन्त्यदेखि राजालाई संबैधानिक बनाउनेसम्म शान्तिप्रक्रियादेखि संविधान निर्माण र कार्यान्वयनसम्म योगदान दिएका नेताहरुको सम्मान गर्नुपर्छ । बहालवाला तर उमेरले नेटो काटेका नेतृत्वहरुको अनुभव र संघर्षसाथमा राखेर कांग्रेसलाई नयाँ ढंगले अगाडि लैजान युवा नेतृत्व आवश्यक छ । जनताको कांग्रेस बनाउनका लागि काममुखी कांग्रेस हुन आवश्यक छ । त्यसका लागि अब पाका नेताहरुले युवालाई साथ दिनुपर्छ । कांग्रेस अहिले संकटमा परेको छ । त्यसलाई माथि उकास्न युवाहरुले हात अघि बढाउन जरुरी छ ।

राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्यो । अब मुलुकमा विकास र समृद्धिको नेतृत्वका लागि कांग्रेस कुन रुपमा तयार हुँदैछ ?

अहिले वाम गठबन्धनलाई बहुमत आएको छ । हिजो ४६ सालमा बहुदलको स्थापना भइसकेपछि सम्बैधानिक र बहुदलीय प्रजातन्त्रमा हाम्रो आलोचनात्मक समर्थन छ भनेको एमालेलाई गणतन्त्रसम्म कांग्रेसले संगै ल्याउनु पर्यो । गणतन्त्र भनेको बयलगाढा चढेर चन्द्रमामा जाने भन्ने केपी ओली पनि अहिले राजनीति गर्दै हुनुहुन्छ । शसस्त्र युद्ध गरेर हिंसाको बाटो रोजेको माओवादीलाई पनि शान्ति प्रक्रियाबाट लोकतन्त्रको मूलधारमा ल्याउनु परेको छ । राजतन्त्रको वकालत गर्नेलाई पनि हामीले लोकतन्त्रको धारमा ल्याएका छौँ । कांग्रेसले सबैलाई सिकाएर व्यवस्थामा ल्याउँदा ल्याउँदै समृद्धिको बाटोमा जानका लागि बाधा अड्चनहरु आए । राजनीतिक परिवर्तनमै कांग्रेसको समय गयो । कांग्रेसले आर्थिक समृद्धि र विकासको पाटो गर्न नपाउँदा नपाउँदै पनि धेरै काम गरेको छ । हिजो कृर्षी विकास बैँक, बाणिज्य बैँक र नेपाल बैँकभन्दा अरु थिएनन् । अहिले यत्रो संख्यामा निजी क्षेत्रबाट बैँकहरु स्थापना भएका छन् । देशको राजश्व बढेको छ । यो कांग्रेसकै देन हो नि । यस्ता विविध क्षेत्र छन् । जसलाई कांग्रेसले नै विस्तार गरेको छ । भोलिका दिनमा पनि कांग्रेसले नै काम गर्छ ।

अन्त्यमा, तपाईलाई निर्वाचनमा मत दिएका मतदातालाई के भन्नुहुन्छ ?

म मरो क्षेत्रमा मतदातालाई हार्दिक आभार व्यक्त गर्दछु कि मैँले जनतासंग जे जे कुरा बोलेको छु । ती कुरालाई अक्षरसः पालना गर्ने र त्यसका लागि निरन्तर लाग्नेछु भन्न चाहान्छु । विगतमा पनि र्मैँले जे बोलेको थिएँ । त्यसको करिब ८० प्रतिशत पूरा गरेको छु । मेरो पार्टीको घोषणापत्र र मैँले व्यक्त गरेका कुराहरु पूरा गर्नका लागि म निरन्तर लाग्नेछु । कांग्रेसको सरकार नभएकाले इन्द्र बानियाँले बोलेका कुरा पूरा हुँदैन भनेर कुनै किसिमको शंका नगरे हुन्छ । जनतासामू बोलेका कुराहरु पूरा गर्ने त्यो ताकत, सामथ्र्य म राख्छु ।