काठमाडौं-म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको उपाधिनजिक पुगेको छ।


ADVERTISEMENT


सिटीले सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति ब्रिस्टोल सिटीलाई ३–२ ले हराउँदै समग्रमा ५–३ को जितसहित लिग कपको फाइनलमा पुगेको हो । पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो।


ADVERTISEMENT

# # #


मंगलबार राति अवे मैदानमा भएको खेलको ४३ औँ मिनेटमा लिरोय सानेको गोलबाट म्यानचेस्टर सिटीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। दोस्रो हाफको चौथो मिनेटमा सर्जियो अग्यूरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसपछि मार्लोन प्याकले खेलको ६४ औँ मिनेटमा हेडमार्फत ब्रिस्टोलका लागि गोल खेलमा फर्कने प्रयास गरे।

इन्जुरी समयको चौथो मिनेटमा ब्रिस्टोलका एडिन फ्लिन्टले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो। लगत्तै इन्जुरी समयमै हालै मात्र क्लबसँग नयाँ सम्झौता गरेको केविन डी ब्राउनले गोल गर्दै म्यानचेस्टर सिटीलाई महत्वपूर्ण जित दिलाए।

यद्यपी बराबरीले पनि पहिलो लेग जितेकाले सिटी फाइनल पुग्ने थियो । म्यानचेस्टर सिटी प्रशिक्षक गार्डिवलाको नेतृत्वमा कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । फाइनल खेल वेम्बलीमा फेब्रुअरी २५ मा हुनेछ ।