काठमाडौं-नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा ५६ मध्ये ५२ सिटमा उम्मेदवारी दिने भएको छ ।


ADVERTISEMENT


गएराती अवेरसम्म बसेको कांग्रेस बैठकले प्रदेश नम्बर २ मा ४ सिटमा मधेश केन्द्रित दललाई सहयोग गर्ने निर्णय गर्दै बाँकी रहेको ४ सहित ५२ सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले २ नम्बर प्रदेश बाहेक अन्य सवै स्थानमा उम्मेदवार टुंगो लगाएको छ ।


ADVERTISEMENT

# # #


सो प्रदेशमा भने मधेश केन्द्रित दलसँगको छलफल पछि क्लष्टर मिलाएर उम्मेदवार तय गर्न कांग्रेसले सभापति शेरबहादुर देउवालाई जिम्मा दिएको छ । कांग्रेसले २ नम्बरमा जितेन्द्र नारायण देव र मुक्ता यादवलाई उम्मेदवार बनाउने सम्भावना छ ।

गएराती अवेरसम्म बसेको कांग्रेस बैठकले एक नम्बरबाट रमेशजंग रायमाझी, सरिता प्रसाईं, बिन बिक र महेश चाँजु तथा प्रदेश तीनबाट राधेश्याम अधिकारी, धना खतिवडा, हरिशरण नेपाली र मदनकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समय भएकाले गएराती नै सवै उम्मेदवारले पार्टीको पत्र बुझेको शर्माले बताएका छन् । कांग्रेसले ४, ५, ६ र ७ नम्बर प्रदेशमा यसअघि नै उम्मेदवार टुंगो लगाएको थियो ।