काठमाडौँ–अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।