काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार काठमाडौंमा आयोजना गरेको जनसंख्या र बसाईसराई व्यवस्थापनको सवलिकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाईसराईको चाप शहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले हिमाल र पहाडबाट जनसंख्या शहरी क्षेत्रमा बसाईसराई बढ्दै जाने र शहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरि बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय भएकाले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा जोड दिए । त्यस्तै, उनले चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको भन्दै निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बताउने दाबी गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाईसराई बढेको बताउदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने धारणा राखिन् ।