काठमाडौँ– राजसंस्था पुन:स्थापनाका अभियान्ता दुर्गा प्रसाईं आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ ।


ADVERTISEMENT


गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, प्रहरीले गौशालामा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै प्रदर्शन गर्न खोज्ने प्रसार्ईका केहि समर्थकहरुलाई नियन्त्रणमा लिएको छ ।

यसअघि अभियानले सोमबार सो क्षेत्रमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो भने प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

मंगलबार भने गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।