काठमाडौं-भारतले लगातार सीमासम्बन्धी गरेको ज्याजतीबिरुद्ध नेबि संघले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ स्थित छपकैयामा सीमा मिचिएकोप्रति ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


नेबि संघले ५० बिघा जमीन भारतले भोगचलन गर्दै आएको कुरामा विज्ञप्ती जारी गरी सीमा मिचिएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । ‘नेपालको ५० बिघा जमिन भारत तर्फ परेको कुराप्रती नेबिसंघको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ ।


ADVERTISEMENT

# # #


स्थलगत अवलोकनका क्रममा ३९१को ३८ र ३९ तथा ३९२ को ७,८,९,१०,२७,२८ सहायक पिल्लर नेपाल तर्फ परेपछि बर्षै देखी भोगचलन गर्दै आएको कुरामा नेबि संघको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा बताइएको छ र त्यहाँको स्थलगत अवलोकन गर्न बिशेषज्ञसहित माघ ११ गते नेबिसंघको टोली जाने हिमालय पोष्टका स्रोतका अनुसार जानकारी प्राप्त भएको छ ।