काठमाडौं-राष्ट्रिय सभाका चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।


ADVERTISEMENT


सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिन्छ।


ADVERTISEMENT

# # #


५९ सदस्यीय राष्ट्रिय सभामा सात प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद प्रत्यक्षबाट निर्वाचित हुने छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

राष्ट्रिय सभाको चुनाव माघ २४ गते हुँदैछ।