काठमाडौँ– अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय अपाङ्ग महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय मूल नाराका साथ मंसिर १७ गते दिवस मनाउन लागिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मंसिर १७ गते काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ । दिवसका सन्दर्भमा अपाङ्गता सम्वन्धी चित्रकला, पुर्णअशक्त अपाङ्गता भएका व्यक्तिहरुको बोसिया खेलकुद, समावेशी विकास र आजको आवश्यक्तामा वक्तित्वकला लगाएतका कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष देविदत्त आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यले संविधानमा नै अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको कुरा गरेपनि व्यहारमा लागू हुन नसकेकाले तीनै तहको सरकारलाई झकझकाउने काम गरेको बताए । उनले बजेटको अभावका कारण पनि महासंघले प्रभावकारी रुपमा काम गर्न नसकेको जिकिर गरे ।

अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारको कुल जनसंख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् र यो हरेक वर्ष बढ्ने क्रममा रहेको महासंघले जनाएको छ ।