काठमाडौं-सवारी दुर्घटनामा कालिञ्चोक मन्दिर दर्शन गर्न परिवारका साथ लगिएका एक महिने शिशुको मृत्यू भएको छ ।


ADVERTISEMENT


मन्दिरतर्फ जाँदै गरेको बा १२ च ८७७१ नम्बरको बलेरो जिप भीमेश्वर नगरपालिका १ स्थित ओडारेमा मंगलबार दुर्घटना हुँदा रामेछाप जिल्ला प्रितीस्थित नानीमाया तामाङको एक महिने छारोको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । उक्त चालकसहित चार जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राती ना प ४८१ नम्बरको टिपर दुर्घटना हुँदा खलासी सन्दीप थामी गम्भीर घाइते भएका छन् । टिपर भीमेश्वर नगरपालिका २ स्थित राम्पाको सडकबाट करिब पाँच सय मिटर तल खसेको डिएसपी कार्कीले जानकारी दिए ।