परासी–सरकारले अझैसम्म उखुको उचित मुल्य निर्धारण नगरेपछि उखु मिल र बिचौलियाहरु उखु किसानहरुलाई झनझन् ठगि रहेका छन् । गरिब किसानहरु घरकाज चलाउन उखु मिल र बिचौलियाहरुको चंगुलमा फसी सस्तो दरमा उखु बेच्न बाध्य छन् । उखुको मूल्य निर्धारण प्रति सरकारको उदाशिनताले किसानहरु चिन्तित बनेका छन् ।


ADVERTISEMENT


उखु मिलहरु मिलमा ल्याइएका उखुहरु ४ सय ७० देखि ५ सय ५ रुपिया सम्ममा नगद खरिद गरि किसानहरुलाई ठगीरहेका छन् । मिल र बिचौलियाहरु, सरकारले यसवर्ष उखुको मुल्य निर्धारण नगर्ने भनी किसानहरुलाई झुक्याउदै गत वर्षको मुल्य ५ सय ३१ भन्दा ३० देखि ६० रुपिया सम्म सस्तोमा नगद उखु खरिद गरिरहेको पाइएको छ ।


ADVERTISEMENT

# # #


उखु मिल संचालन हुँदा जिल्लाको उखु उत्पादक कृषक समिति र मिलहरुसंग गतवर्षकै मुल्य ५ सय ३१ रुपियामा उधारोमा उखु खरिद गर्ने र किसनहरुलाई सोही अनुसार पेश्की देनि भनि सहमति भएपनि मिलहरुले किसनहरुलाई विभिन्न बहानामा झुक्याउदै नगदमै सस्तोमा उखु खरिद गरि किसनहरुालई प्रत्यक्ष रुपा ठगि रहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

कृषक यादवले भने, ‘अहिले उखुको सिजन वित्न लागेको छ । सरकारले किसानहरुको माग अनुसार ५ सय ६२ रुपिया नयाँ मुल्य निर्धारण प्रति कुनै चासो देखाएको छैन ।’ जसको प्रत्यक्ष फाईदा उखु मिल र बिचौलियाहरुले लिईरहेको उनले आरोप लगाए ।

उखु क्रसिंग शुरु भएपछि एक सातासम्म मिलहरुले नयाँ मुल्य निर्धारण नहुँदासम्म गतवर्षको निर्धारित मुल्य ५ सय ३१ लाई नै कायम राखी उधारोमा उखु खरिद खरिरहेका थिए तर पछि मिल र बिचौलिायहरु मिलीजुली किसनहरुलाई मुर्ख बनाई ठगि गरिहेका छन् । समयमा उखुको मुल्य निर्धारण नहुने र किसानहरुलाई दिईने पेश्की रकममा पनि मिलहरुले ढिलाई गर्ने कारणले किसानहरु बाध्य छन् । किसानहरु खेती गर्न साहुँसंग लिएको ऋणको व्याज तिर्न र घरकाज चलाउन सस्तोमै उखु नगदमा बेचीरहेको अवस्था देखिएको छ । उधारोमा दिइएको उखुको भुक्तनमा वर्षेनी मिलहरुले किसानहरुलाई झुलाउने समस्याले पनि किसानहरु सस्तोमो नगदमा मुल्य बेचीरहेका छन् ।

जिल्लामा बागमति खांडसारी चिनी मिल कुडिया, ईन्दिरा सुगर मिल पिपरपाती र लुम्बिनी चिनी मिल सुनवल गरि ३ वटा ठुलो चिन मिल संचालन छ भने सय भन्दा साना उखु क्रसर (भेली उद्योग) संचालन छन् । एकातिर मिलहरुले किसानहरुलाई ठग्न मुल्य निर्धारण भुक्तानको बहाना देखाई ठगिरहेका छन् भने अर्को तर्फ बिचौलिायहरु ठाउँठाउँमा अवैध उखु काँटा संचालन गरि ४ सय ७० देखि ४ सय ९५ रुपिया नगदमा उखु खरिद गरि केहि बिचौलियाहरु तिनै मिलहरुलाई बढि पैसामा बेचीरहेको छन् भने केहि बिचौलियाहरु उखु स्टक गरिहेका छन् ।

यस वर्ष जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफमा उखु खेती गरिएको छ ।