काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८)मा  नेपालको सहभागिता सफल भएको बताएका छन् ।


ADVERTISEMENT


कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपालको फरक किसिमले प्रतिनिधित्व गरेको बताका हुन् । कोपको सम्बोधनका क्रममा आफुले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको बताए ।


ADVERTISEMENT

# # #


नेपाल लगायत अति कम विकसित मुलुकहरूका विपद र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको उनले बताए । कोपमा आफूले राखेको मूल धारणामा पनि माग्न गएजस्तो निरीह रुपमा नभई आफ्नो अधिकारका निम्ती योद्धाका रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘यसले राम्रो सकारात्मक तरंग ल्यायो । म बोल्नेबित्तिकै दुईजना राष्ट्रपति बोल्नका लागि लाइनमा बसेका बेला यति खुसी भए, त्यति बलियो धारणा आयो, ठिक आयो भनेर । नेपाल यो तीन–चार दिनमा यति चर्चामा रह्यो कि अन्यभन्दा फरक भयो । ’

कोप सम्मेलनको चार दिन नेपाल चर्चाको विषय रहेको भन्दै आफूले सोचेको भन्दा राम्रो भएको धारणा राखे । कोपमा नेपालले पहिलोपटक आफ्नो छुट्टै पेवेलियन प्राप्त गरेको र आफ्नो अध्यक्षमा भएको राउण्ड टेबलमा सबैले नेपालको प्रशंसा गर्नुपर्ने स्थिति बनेको बताए । उनले भने, ‘नेपालको नाम उल्लेख नगरी त बोल्नै नहुनेजस्तो भयो । यो पनि पहिलोचोटी भएको हो भन्ने हाम्रै कर्मचारीबाट सुनियो ।’

त्यस्तै उनले सरकार गठन भएदेखि नै मन्त्रिमण्डल फेर बदलको कुरा चलेपछि अहिले कुनै सत्यता नभएको बताए । प्रधानमन्त्री प्रचण्डले आफु युएई जादा यात्रु छुटेको विषयमा जानकारी नभएको र युएई पुगेपछि मात्रै जानकारी प्राप्त गरेको भन्दै आफुलाई स्वदेशमा नै जानकारी प्राप्त भएको भए सबै यात्रुलाई लिएर जाने जिकिर गरे ।

युएईको भ्रमणका क्रममा उनले अन्य देशका प्रतिनिधिसंग साइडलाईन कुराकानी समेत गरेका थिए र