काठमाडौं – सर्वोच्च अदालतमा नवनियुक्त चार जना न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् । यसअघि चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति भएको हो ।
























