काठमाडौं-सरकारका पछिल्ला निर्णयबारे एमालेले आज औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।


ADVERTISEMENT


‘सरकारले पछिल्लो समय गरेका नियुक्ति लगायतका विषयमा पार्टी अध्यक्षले धारणा राख्नुहुन्छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने।


ADVERTISEMENT

# # #


एमालेले चुनावपछि कामचलाउ भइसकेको सरकारले महत्वपूर्ण नियुक्ति लगायतका दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने बताउँदै आएको छ।

सरकारले बुधबारमात्रै ६५ वर्षमै वृद्धभत्ता र भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। राज्यकोषमाथि थप व्ययभार पर्ने गरी वृद्धभत्ताको उमेर घटाइएको भन्दै सरकारी निर्णयको आलोचना भइरहेका बेला भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।