काठमाडौँ– फेब्रअरी ८ देखि नामिबियामा सुरु हुने विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ । पारस खड्काको कप्तानीमा बनेको १४ सदस्यीय टोलिमा पहिलो पटक दुई नयाँ अनुहार देखिएका छन् ।


ADVERTISEMENT


खासगरी घरेलु क्रिकेट प्रतियागिता इपीएलमा रा्रमो प्रर्दर्शन गरेका युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साह राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । यू १९ बाट देखिसकेका रोहित भर्खरै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेर ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै अनिल कुमार शाह पनि राष्ट्रिय टोलीमा परेको भने पहिलो पटक हो । यद्यपी विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नु अघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि अनिलकुमार साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएका थिएनन्।

यो हो नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करण केसी
आरिफ शेख
सन्दिप लामिछाने,
दिपेन्द्र सिंह ऐरी
दीलिप नाथ
ललित सिंह भण्डारी
रोहितकुमार पौडेल
अनिलकुमार साह

वैकल्पिक खेलाडी

सुनिल धमला
ललित नारायण राजवंशी
सिद्धान्त लोहनी
किशोर महतो

यस अघि भएको विश्व क्रिकेट लिग च्याम्पिियनसिपको अन्तिम चरणको खेलमा युएईविरुद्ध दिलिपनाथ र ललितले यूएईविरुद्ध खेल्ने मौका पाएका थिए ।