धनगढी – प्रदेश ७ का प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो २१ गतेका लागि आह्वान गरेका छन् ।


ADVERTISEMENT


जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी २१ गते दिउँसो १ बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रदेश सभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना प्रदेश सांसद छन् । रासस