काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमी भारतलाई नछोड्ने बताएका छन् । पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीलाई उदृत गर्दै अनेराश्ववीयुकी अध्यक्ष नबिना लामाले भनिन् ’हामीले स्थलगत अवलोकन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमाः म एक इन्च नेपाली भूमी भारतलाई छोड्दिन्न भन्नुभयो ।’


ADVERTISEMENT

# # #


आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि सिमानामा काँडेतार लगाउन सुझाव दिएको अध्यक्ष नबिना लामाले जानकारी दिईन ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रंजित तामाङ नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छपकैयामा पुगेर प्रतिवेदन तयार पारेको थियो ।

उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।