काठमाडौं – नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष परार्मशसहित अस्पतालको विभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशत (१०%)सम्मको छुट प्रदान गर्ने व्यबस्था गरेको छ ।


ADVERTISEMENT


ग्राहकहरुले बैंकको एनएमबि भिसा डेबिड तथा एनएमबि क्रेडिट कार्ड प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत बिभिन्न सेवा तथा सुबिधाहरुमा बिशेष छुट सुबिधा प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न योजनाहरु ल्याउने गरेको छ । यो सम्झौता एक वर्षका लागि गरिएको बैंकले जनाएको छ ।