काठमाडौं-नेपालमा सुर्तीजन्य पदार्थको कारण प्रत्येक वर्ष हजारौं मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको कुरा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बताएका छन् । सुर्तीजन्य पदार्थको कारण मुटु, क्यान्सर, दम लगायत विभिन्न रोगहरुबाट मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्ने कुरा क्यान्सर विशेषज्ञहरुले बताएका छन् ।


ADVERTISEMENT


राजधानीको सिद्धार्थ बनस्पति स्कुलमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुछ«े बैंक लि. को सहकार्यमा सञ्चालित अन्तरक्रियात्मक तथा जनचेतनामुलक कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले “सुर्तीजन्य पदार्थको रोकथाम गर्न सक्यो भने प्रत्येक वर्ष हजारौं मानिसलाई अकालबाट ज्यान बचाउन सक्ने कुरा व्यक्त गरे । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. पौडेलका अनुसार नेपालमा दिन प्रति दिन सुर्तीजन्य पदार्थको उपभोग बढ्नु दुःखद कुरा भएको प्रष्ट पारेका थिए । पौडेलले क्यान्सर रोगका कारण, लक्षण र रोकथामका उपायहरुको बारेमा प्रष्ट पारे । सुरुको अवस्थामा रोगको पहिचान गर्न सकेमा क्यान्सर रोग निको पार्न सक्ने र उपचार खर्चमा पनि कमि आउने कुरा पौडेलले बताए ।


ADVERTISEMENT

# # #


क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालय स्तरबाट जोड दिन पर्ने कुरा बताए । उनका अनुसार विद्यालय स्तरका बालबालिका वातावरणको प्रभाव, जनचेतनाको अभाव र उचित हेरचाहको अभावले गर्दा विशेष गरेर शहरका बालबालिकाहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको कुरा व्यक्त गरे । सुर्तीजन्य पदार्थको रोकथामको लागि व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन कार्यान्वयनको लागि जोड दिनु पर्ने कुरा बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक सि.के. प्रधानले क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको र माछापुच्छ«े बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अनुसार यस्ता जनचेतनामूलक कार्यक्रममा सहकार्य गरेकोमा प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु र अन्य कर्मचारीहरु सहित ५५० भन्दा बढी व्यक्तिहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुले आफूले सिकेको कुराहरु समाजमा शेयर गर्ने र आफ्नो जीवनमा कहिल्यै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने प्रतिबद्धता जनाए ।