काठमाडौं-कर्मचारी र कार्यालयको समायोजन प्रक्रिया ढिलो भएका कारण प्रदेशस्तरीय मन्त्रालयहरूले स्वरूप लिन सकेका छैनन् । प्रदेश १ मा प्रदेश प्रमुखको कार्यालयमा तीन कर्मचारीबाहेक अरू कोही पनि आएका छैनन् ।


ADVERTISEMENT


प्रदेश ४ का मुख्यमन्त्रीका लागि छनोट गरिएको पोखराको ड्यामसाइडस्थित पोखरा लेखनाथ महानगर पालिकाको गेस्टहाउस बिहीबार मर्मत गरिँदै ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुखको कार्यालयमा १३ कर्मचारी, २ चालक र ३ कार्यालय सहयोगीको सरुवा भइसकेपनि सचिव रामकृष्ण गुरागाईं र अन्य २ कर्मचारी मात्र आइपुगेका छन् ।

अन्य मन्त्रालय, प्रदेश मुख्यसचिव तथा सभामुखको कार्यालय लगायतमा कर्मचारी कति आउने भनेर लिखित जानकारी नआएको मोरङ प्रशासनले जनाएको छ ।-आजको कान्तिपुरबाट