काठमाडौं-एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् । राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम गठबन्धन कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकारमा समझदारी जुटाएको हो ।


ADVERTISEMENT


सातमध्ये प्रदेश १, ३, ४, ५, ६, र ७ सहित ६ वटा प्रदेशमा बहुमत रहेका कारण वाम गठबन्धनले सहजै सरकार बनाउन सक्छ । प्रदेश २ मा भने सरकार बनाउन मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम र राजपाको बहुमत पुग्छ ।


ADVERTISEMENT

# # #


एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको कार्यदल बैठक मुख्यमन्त्री, सभामुख र उपसभामुख, प्रदेश संसद् समितिको नेतृत्व बाँडफाँडका विषयमा केन्द्रित भएको छ ।, आजको नयाँ पत्रिकाबाट

यी हुन् मुख्यमन्त्रीका आकांक्षी
प्रदेश १– भीम आचार्य, शेरधन राई (एमाले)
प्रदेश २– (मधेसकेन्द्रित दलको बहुमत)
प्रदेश ३– अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ र केशव स्थापित (एमाले)
प्रदेश नम्बर ४– पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ (एमाले)
प्रदेश नम्बर ५– शंकर पोखरेल (एमाले)
प्रदेश नम्बर ६– महेन्द्रबहादुर शाही र नरेश भण्डारी (माओवादी), प्रकाश ज्वाला र यमलाल कँडेल (एमाले)
प्रदेश नम्बर ७– वीरमान चौधरी र झपट बोहरा (माओवादी केन्द्र)