काठमाडौं-सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी)को दरबन्दी थप गरेको छ । दरबन्दी थपपछि प्रहरीमा डिआइजीको संख्या अब ३८ पुगेको छ । गृहमन्त्रालयका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा चार डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । तर, थप गरिएको डिआइजीको दरबन्दी सार्वजनिक गरिएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा प्रहरीमा डिआइजीको दरबन्दी थप गर्ने निर्णय गरिएको हो ।


ADVERTISEMENT


गृहमन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको प्रधान कार्यालयबाट नौ डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव गरिएको थियो । त्यसमध्ये बुधबारको मन्त्रिपरिषद् बैठकले चारवटा मात्रै डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । गृह स्रोत भन्छ, ‘सरकारले नेपाल प्रहरीको चारवटा डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । तर, बैठकको निर्णय सार्वजनिक भने गरिएको छैन । विवाद हुनसक्ने देखिएपछि निर्णय सार्वजनिक नगरिएको हो ।’


ADVERTISEMENT

# # #


नेपाल प्रहरीमा अहिले प्रहरी महानिरीक्षक(आइजिपी) एक, प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) १२, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) ७६, प्रहरी उपरीक्षक(एसपी) १ सय ५७, प्रहरी नायव उपरीक्षक(डिएसपी) ४ सय १८ र प्रहरी निरीक्षक १ हजार ३ सय ५४ छन् ।