काठमाडौँ – हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।


ADVERTISEMENT


अस्पतालले मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ११ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नका लागि स्वीकृतिको माग गर्दै शुक्रबार निवेदन दिएको हो ।


ADVERTISEMENT

# # #


अस्पतालले आफ्नो जारी पूँजीको १५ प्रतिशत प्रतिशतले हुन आउने कूल अर्थात ११ करोड २५ लाख रकम बराबरको १ सय रुपैयाँ अङ्कित दरमा प्रिमियम वापत १८८ रुपैयाँ थप गरी जम्मा प्रति शेयर मूल्य २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो । यससँगै, ह्याम्स अस्पताल नेपालको पुँजी बजारमा पहिलो स्वास्थ्य क्षेत्रको कम्पनी बन्ने भएको छ ।

२०५४ साल मंसिर २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई संचालित ह्याम्स अस्पतालले बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौँडाबाट इजाजतपत्र लिई १०० (एक सय) शैयाको जनरल स्वास्थ्य संस्था/अस्पताल सञ्चालन गर्दैआइरहेको छ ।

अस्पतालले उच्च गुणस्तरीय र किफायती स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले संगठित संस्थाको शतप्रतिशत लगानीमा सहायक कम्पनी ह्याम्स नर्सिङ्ग कलेज २०६५ साल पुस ९ गते देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट स्वीकृती पत्र प्राप्त गरी ३ वर्षे प्रविणता प्रमाण पत्र नर्सिङ्ग कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।