चितवन – अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो सयम मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार चितवनमा आयोजित १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेको र ब्याजदर पनि घट्दै गएकाले तथा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउन सकिने बताउए । उनले नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढ्नुपर्ने धारणा राखे । अर्थमन्त्री महतले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व-पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने आश्वासन दिए । त्यस्तै उनले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने बताए ।

नाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एन्ड बार एशोसिएशन नेपालको सहकार्यमा क्षेत्रीय होटल संघ नेपाल चितवनले महोत्सव आयोजना गरेको हा । कोरोना महामारीका कारण पछिल्लो चार वर्षदेखि हात्ती महोत्सव आयोजना भएको थिएन । महोत्सव यसपटक रत्ननगर नगरपालिका–७, मैनाहाचौरमा आयोजना गरिएको छ ।

पुस १४ गतेसम्म चल्ने महोत्सवमा पर्यटकीय गोष्ठी पनि आयोजना गरिएको छ । यस्तै, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, राष्ट्रिय एवं स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसहित उत्कृष्ट पथप्रदर्शक, माउते, डुंगा चालक, जीप चालक, संरक्षणकर्मीलाई सम्मान गर्ने कार्यक्रम समेत समेटिएको छ ।