काठमाडौँ – संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उनका सहपाठी घनश्याम कोइरालाले राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवतमहापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेका छन् । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उनले हिन्दीबाट नेपालीमा अनुवाद गरेको जनाइएको छ । लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाएका छन् ।

परिश्रमी र स्वाभिमानी स्वभावका उनी अध्ययन, अनुसन्धानमा विशेष रुचि राखे । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रासस