काठमाडौँ – कसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय संस्कृति ऐन बनाउन अध्यनन कार्यदल बनाएर काम गरिरहेको बताएका छन् ।
सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय संस्कृति ऐन बनाउन अध्यनन कार्यदल बनाएर काम गरिरहेको भन्दै पर्यटन ऐन २०३५ संशोधनको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।
उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको भन्दै देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी समेत गरे । मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए ।
उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । उनले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको भन्दै ८ वटा भन्दा बढी विमानस्थलम रात्रिकालिन सेवा सुरु गरेकोर ४१ मुलुकमा हवाई सम्झौता गरेको उल्लेख गरे ।
मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पु¥याएको बताए । उनले लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताए ।
यस्तै मन्त्री किरातीले क्रिसमस फेस्टिबलका अवसरमा आफूले संविधान अनुसार नै बोलेको समेत स्पष्ट पार्नुभयो ।