काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘ध्यानद्धारा उर्जा जागरण’ एक दिवसीय कार्यशालाको समुद्घाटन भएको सम्पन्न छ ।


ADVERTISEMENT


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार प्रतिष्ठानमा ‘ध्यानद्धारा उर्जा जागरण’ एक दिवसीय कार्यशालाको समुद्घाटन भएको हो । समारोहमा बोल्दै गृहमन्त्री श्रेष्ठले योग तथा ध्यान मानव जीवनको शक्तिलाई जगाउने तथा ऊर्जामा परिणत गर्ने विधी, ध्यान एवम् विज्ञान रहेको बताए ।


ADVERTISEMENT

# # #


‘विचलित मनलाई एकाग्र बनाउने तथा आफ्नो वशमा राख्ने विधि नै ध्यान हो’, उनले भने । अतः व्यक्तिमा सकारात्मक सोचको विकास गरी आफूलाई चिन्न, बदल्न, असल चरित्रको निर्माण गर्न योग तथा ध्यान विज्ञानले महत्वपूर्ण भुमिका खेल्ने उनले सुनाए ।

यस्तै स्वागत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले शारीरिक व्यायाम सँगसँगै योगाभ्यासलाई समेत विशेष महत्वका साथ प्रयोगमा लैजान सकियो भने व्यक्तिगत र व्यावसायिक जीवनलाई थप सकारात्मक सोचका साथ अगाडि बढाउन सकिने विचार व्यक्त गरे ।

समारोहमा जीवन विज्ञानका विशेषज्ञ द्वय एल.पी.भानु शर्मा तथा रमेश नेपालले प्रस्तुतीकरण गर्दै ध्यान कलाको बारेमा सैद्दान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरेका थिए । साथै उनीहरुले ध्यान विज्ञानका विविध आयामका सम्बन्धमा प्रकाश पार्दै यसले दैनिक जीवनमा पार्ने सकारात्मक प्रभावका सम्बन्धमा समेत चर्चा गरेका थिए ।

नेपाल सरकार गृह मन्त्रालयको समन्वय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज एवम् जीवन विज्ञान संस्थाको संयुक्ततामा आयोजित सो कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत २५० जना बढीको उपस्थिति रहेको थियो ।