काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको नेतृत्व गर्नेहरुबाटै जातीय सद्भावलाई भड्काउने काम भइरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय अपाङ्गता संगठन नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव खलबल्याउने काममा लागेको आरोप लगाएका हुन् । उनले गठबन्धनको नेतृत्व गर्नेहरु जातीय सद्भावलाई भड्काउनको लागि पहिचानको नाममा आगो सल्काउने काम गरिरहेको भन्दै उनले निन्दा र भत्र्सना गरे ।


ADVERTISEMENT

# # #


उनले कुनै पनि जाति सानो वा ठुलो नहुने र कसैलाई विभेद गर्न नहुने र कसैले जातीय सद्भाव भड्काउन खोजे मान्य नहुने जिकिर गरे । पोखरेलले अहिले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा कमजोर बनेको बतए । उनले भारतीय राजदूतावासले नेपालमा आफूखुसी २० करोड रुपैँयासम्मका योजनामा खर्च गर्ने गरी सरकारले गरेको सम्झौता एमालेलाई मान्य नरहेको पनि स्पष्ट पारे ।

त्यस्तै उनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर हुन नदिन एमाले दृढतापूर्वक उभिने बताए ।