काठमाडौं-एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए ।


ADVERTISEMENT


बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । सुरुमा फोन लागिरहेको थियो तर, एकछिनबाटै फोन बन्द भयो । ललितपुरको भित्री एक मनोरम बस्तीकी युवती यामकुमारी मंसिर २ को साँझ ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।


ADVERTISEMENT

# # #


खोजबिनमा हिँडिरहेका युवतीका श्रीमान्ले बाटैमा भेटिएका प्रहरीको एक डफ्फालाई श्रीमती बेपत्ता भएको बारे जानकारी गराए । ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला ।-आजको कान्तिपुर दैनिकबाट