काठमाडौं(रासस)-माडीगाउँपालिका– २ घर्तीगाउँबाट आइतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। क्षेत्रीय प्रहरी व्युरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्तरुपमा लागूऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।


ADVERTISEMENT


थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।


ADVERTISEMENT

# # #