एनएमबि बैंकले आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद्रा मुनाफामा ४३% भन्दा बढिले बृद्धि गरी रु. १ अर्ब कटाउन सफल भएको छ । त्यसैगरी बैंकको आ.व.२०७४/७५ मा निक्षेप रु.८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । उच्च बित्तिय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ ।


ADVERTISEMENT


यस अवधिमा बैंकले आप्नो निश्कृय कर्जालाई १.६७ % बाट झारेर १.२० % मा पुर्‍याएको छ । समिक्षा अवधिमा बैंकले उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै गरि The Banker, Financial Times London  बाट सन् २०१७ नेपालको Bank Of The Year 2017 तथा Frost & Sullivan in Association with the Confederation  of Nepalese Industries (CNI)  बाट ‘Certificate Of Merit’- Nepal Business Excellence Awards 2017  समेत प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।