काठमाडौं(रासस)-वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् ।


ADVERTISEMENT


पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।


ADVERTISEMENT

# # #


सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो ।

मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए ।

करेण्ट लागेर घाइते मजदुरको उपचारमा आर्थिक समस्या

त्यसैगरी कामको खोजीमा पर्वतदेखि दाङको घोराही पुगेका एक मजदुरलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका– १४ आर्थर काहुले घर भएका रामबहादुर विकलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका हुन । घर निर्माणको क्रममा करेण्ट लागेपछि घाइते भएका ५७ वर्षीय विकको दुबै हात काट्नुपर्ने भएको छ ।

घर निर्माणका क्रममा गएको पुस २१ गते उनलाई करेण्ट लागेको थियो । उनको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन ।