काठमाडौँ– ब्लकबस्टर ‘झोला’ का सफल निर्देशक यादवकुमार भट्टराईको चलचित्र ‘झिल्को’ को औपचारिक घोषणा भएको छ । बिहीवार गुह्येश्वरी मन्दिरमा फिल्मको शुभ साइत गरिएको छ ।


ADVERTISEMENT


आफ्ना फिल्ममा सामाजिक विषयवस्तुलाई छान्ने भट्टराईले झिल्कोमा पनि सामाजिक विषयको वर्तमान जर्जर मुद्दा उठाएका छन् । चलचित्रको माघ अन्तिम हप्ताबाट काठमाडौंमा छायांकन गरिने बताइएको छ । झोला र भोरपछि निर्देशक भट्टराईको यो तेस्रो निर्देशकीय चलचित्र हो ।


ADVERTISEMENT

# # #


फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । दीपक बज्राचार्यको छायांकन र चण्डीप्रसाद काफ्लेको संगीत हुनेछ ।

निर्देशक भट्टराई निर्देशित पहिलो फिल्म ‘झोला’ सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।

शुभ साइतका केही झलकहरु