काठमाडौँ– सामसङ नेपालले ग्यालेक्सी एस २४ सिरिजको प्रि अर्डर खुलेको छ । सामसङ नेपालले ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यलेसी एस २४ को प्रि (अर्डर खुलाएको हो । ‘ग्यालेक्सी एस २४’ सिरिज एआई को साथमा मोबाइलको नयाँ अनुभवहरु उपलब्ध गरौउने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


एआई ले ग्यालेक्सी एस २४ सिरिलाई इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रांस्लेसनको साथ रुकावट बिनाको कुराकानी देखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनको सहित सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउनसक्ने सम्भावना र कुनै पनि प्रकारको जिज्ञाशाहरु सर्च गर्ने अथवा पत्ता लगाउने तरिका परिवर्तन गर्दै नयाँ स्टान्डर्ड सेट गरेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


‘ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउँदो दशकलाई प्रज्वलित गर्छ’, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भनेका छन्, ‘ग्यालेक्सी एआइ हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट निर्माण गरिएको छ।’

ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक–समयमा दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रान्स्लेट का साथ मोबाइल फोनको सञ्चारको तरिकालाई पुनः परिभाषित गरिदिएको कम्पनीले जनाएको छ ।

प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस ७०० एमबी ७० एसएमएस ६ महिनाका लागि तीन हजार पाँच सय रुपैयाँ निःशुल्क प्राप्त गर्न सक्नेछन्। साथै कम्पनीले अन्य विभिन्न आकर्षक अफर दिएको छ।

ग्यालेक्सी एस२४ (१२+५१२ जीबी) को एक लाख ९९ हजार नौ सय ९९, ग्यालेक्सी एस२४ अल्ट्रा (१२+२५६ जीबी) को एक लाख ८४ हजार नौ सय ९९, ग्यालेक्सी एस२४ प्लस (८+२५६ जीबी) को एक लाख ४२ हजार नौ सय ९९ र ग्यालेक्सी एस२४ बेस (८+२५६ जीबी) को एक लाख १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।

यसका साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा नयाँ फोनलाई शून्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस२४ शृंशला प्रिबुक गर्नका लागि आधिकारिक पूर्वअर्डर वेबसाइट https://samsung-np.com/NP-S24-Preorder मा अथवा आफ्नो नजिकैको सामसङ फोन स्टोरमा जान सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।