काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध कोशी प्रदेशले २५ रनमा अलआउट हुँदै लगातार हार व्यहोरेको छ ।


ADVERTISEMENT


आइतबार मुलपानी मैदानमा जितका लागि १६८ रन पछएको कोशीले १५ दशमलव २ ओभर खेल्दा सबै विकेट गुमाउदै २५ रन मात्रै बनाउन सक्यो । कोशीका लागि कसैले पनि दोहारो अंकको रन बनाउन सकेनन् । गण्डकीका विपीन खत्रीले ६, सन्दीप पराजुलीले ३ र अंकित न्यौपानेले १ विकेट लिए ।


ADVERTISEMENT

# # #


त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको गण्डकी ४८ दशमलव २ ओभर खेल्दा १ सय ६७ रनमा अलआउट भएको थियो । गण्डकीका लागि मुस्कान थापाले अर्धशतकीय पारी खेल्दै ६७ रनको योगदान दिए । कोशीका लागि अभ्यास तिम्सिनाले ६ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले १–१ विकेट लिए ।

कोशीलाई पराजित गरेसंगै गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । त्यस्तै कोशी जारी प्रतियोगितामा पाँचै खेलमा पराजित भएको छ ।