काठमाडौँ– अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहाुर बम्जनविरुद्व उजुरी दिने पिडितका बुबाको दुर्घटनामा मृत्यु भएको छ ।


ADVERTISEMENT


मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका–९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका किशोरीका बुबाको उपचारको क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


घटनापछि जिल्ला अस्पताल, सिन्धुली पु¥याइएको उनकोत्यही मत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

मृत्यु भएका व्यक्ति बम्जनविरुद्व जाहेरी दिने पिडितका बुबा भन्ने सुन्नमा आएकाले दुर्घटनालाई बम्जनको घटनासँग जोडेर पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

आफूलाई धर्म गुरुको नाममा चिनाएका बम्जन ५ वर्षदेखि फरार थिए । जिल्ला अदालत, सर्लाहीले उनीविरुद्व पक्राउको पूर्जीको जारी गरेपछि खोजी भइरहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले पुस २५ गते बुढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो ।