विराटनगर – राष्ट्रियसभा चुनावअन्तर्गत कोशी प्रदेशको विराटनगरमा जारी मतदान अन्तिम चरणमा पुगेको छ । बिहान ९ बजेबाट सुरू भएको मतदान कार्यक्रम अन्तिम चरणमा पुगेको हो ।


ADVERTISEMENT


अधिकांश मतदात्ताले भोट खसाली सक्दा धरान उपमहानगरपािलकाका मेयर हर्क साम्पाङ भने अहिलेसम्म मतदानस्थल पुगेका छैन । काठमाडौँका मेयर बालेनललाई पछ्याउँदै उनले पनि राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई बाहिष्कार गर्न खोजेको अनुमान गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


हाल उनी वडाको एक कार्यक्रममा सहभागी रहेको र त्यसपछि धरान वडा–५ स्वास्थ्यसम्बन्धी कार्यक्रममा जाने कार्यक्रम रहेको साम्पाङको सचिवालयले जनाएको छ । जबकी उपमेयर आइन्द्रविक्रम वेघा भने मतदानका लागि विराटनगरमा पुगेर मत खसाली सकेका छन् ।

‘अहिलेसम्म विराटनगर जाने भन्नु भएको छैन । भोट हाल्न जाने/नजाने केही भन्नु भएको छैन । उहाँ धरानमै हुनुहुन्छ’, सचिवालयका एक सदस्यले भने ।