काठमाडौं-बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको एक आधारभूत विद्यालयमा ७० जना बालबालिका शून्य पूर्वाधारमा अध्ययनरत छन् ।


ADVERTISEMENT


जिल्ला शिक्षा कार्यालय बाराले २०६५ सालमा विद्यालय सञ्चालनका लागि दिएको अनुमतिबाट जिल्लाको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोसे झाडीमा स्थापना गरिएको विद्यालयमा अहिले प्रायः विपन्न र सुकुम्बासी परिवारका बालबालिका भर्ना भएका छन् ।


ADVERTISEMENT

# # #


शिक्षा कार्यालयले विद्यालय सञ्चालनका लागि अध्ययन र अवलोकन नै नगरी अनुमति दिएका कारण ७० बालबालिका अहिले चिसोमा कष्ट साथ पठनपाठन गर्न बाध्य छन् । खरले छाएको सानो घरमा सबै कक्षाका बालबालिकाले घरबाटै ल्याएको बोरा र सुकुलको सहारामा कखरा चिन्दै आइरहेका छन् ।

विद्यालमया कक्षा १ देखि ४ सम्मका विद्यार्थी एउटै कक्षा कोठामा पढ्न बाध्य छन् । जहाँ जीर्ण भवनमा बस्ने कुर्सी र कालोपाटीको समेत अभाव रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मी चौधरीले जिल्ला शिक्षा कार्यालयाट बालविकास अनुदानमा आएको ६ हजार रुपैयाँ तलबमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । चौधरीले कक्षा १० सम्म अध्ययन गरेकी छन् ।-आजको राजधानी दैनिकबाट