काठमाडौँ–गत माघ ३ मा भएको ग्लोबल अनप्याकपछि, सामसुङले नेपालमा पनि ग्यालेक्सी एस२४ सिरिजका मोबाइल सार्वजनिक गरेको छ। सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिज अनावरण गरेकी थिइन् ।


ADVERTISEMENT


‘ग्यालेक्सी एस२४ भविष्यको फोन हो। सामसुङ ग्यालेक्सी एआईका साथ ग्राहकलाई अल्ट्रा–पर्सनालाइज्ड युजर एक्सपिरियन्स दिएर प्रविधिको छलाङलाई नयाँ आकार दिनेछौं । पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ’, सामसुङ नेपालका निर्देशक स्थापितले भने ।


ADVERTISEMENT

# # #


कनेक्ट हुने नयाँ तरिकाः भाषा अवरोध तोड्दै
कार्यक्रममा ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा एआई प्रविधि जडान गरिएको विषयमा सहभागीलाई प्रत्यक्ष प्रदर्शनमार्फत जानकारी दिइएको थियो।

ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एपभित्र वास्तविक समय, दुईतर्फी कल अनुवादमै प्रत्यक्ष अनुवाद सुविधा दिन्छ। यो सुविधाअन्तर्गत अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि आफ्ना प्रयोगकर्ताका लागि १३ भाषामा अडियो र टेक्स्ट अनुवादलाई समर्थन गर्ने कम्पनीले जनाएको छ। ग्यालेक्सी एआई अधिक सुरक्षित छ किनकि यसले बाह्य क्लाउड प्रणालीमा भर पर्नु पर्दैन।

ग्यालेक्सी एस२४ सिरिजका फोनले रेस्टुरेन्टमा खाना अर्डर गर्न होस् वा आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न। प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गरिदिन्छ। प्रयोगकर्ताले रेकर्ड गरिएका कुराकानीको छोटो सारांश सिर्जना र साझेदारी गर्न सक्ने कम्पनीले जनाएको छ।

खोज गर्ने नयाँ तरिका
प्रयोगकर्ताका लागि सहज रूपमा आफ्नो फोनमा कुनै पनि कुराका लागि सरल इशारामा र एप स्विच नगरीकन खोज्ने नयाँ तरिका हो। सर्कल टु सर्च। नवीन खोज गर्ने सुविधाका साथमा ग्यालेक्सी एस२४ सिरिजका प्रयोगकर्ताको व्यक्तिगत जानकारी पनि सुरक्षित गर्छ। सामसुङले प्रयोगकर्ताको खोज प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन गुगल खोजीका लागि सुरक्षित उपकरण विकास गरेको कार्यक्रममा जानकारी दिइयो।

परिस्कृत क्यामेरा सुविधा
ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणले प्रयोगकर्ताको सिर्जनात्मक स्वतन्त्रतालाई थप बढाउने कम्पनीको दाबी छ। मोबाइल सार्वजनिक अवसरमा ग्यालेक्सी एस२४ अल्ट्रासँग लोकप्रिय के–पप ग्रुप टुमरो एक्स टुगेदरको कन्सर्ट भिडियो पनि प्रोडक्ट ब्रिफिङ देखाइएको थियो।

ग्यालेक्सी एस२४ सिरिजका साथमा प्रयोगकर्ताले आफ्ना मन पर्ने सोसल मिडिया एपमा ग्यालेक्सी नेटिभ क्यामेरा अनुभवको फाइदा लिन सक्नेछन्। एआइको शक्ति फोटोमा मात्र सिमित नभई भिडियोमा पनि फैलिएको कम्पनीले बताएको छ। गुगलसँगको साझेदारीमार्फत प्रयोगकर्ताले अब सजिलैसँग सबै एन्ड्रोइड उपकरण र विन्डोज पीसीमा फाइल साझेदारी गर्न सक्छन्।

मोबाइल गेमिङ अनुभव
ग्यालेक्सी एस२४ सिरिजमा ग्यालेक्सीका लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म र सामसुङको एक्सिनोस २४०० सुविधा जडान गरिएकाले डिभाइसले द्रुत गतिमा काम गर्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी एस२४ सिरिजको ब्याट्री कार्यसम्पादन निरन्तर अप्टिमाइज गरिएको छ। ग्यालेक्सी एस२४ अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियम प्रयोग गरिएको छ। अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेनसँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्लेसहितको टिकाउ स्क्रिन रहेको छ।

एड्भान्सड सुरक्षा र गोपनीयता
कम्पनीका अनुसार महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न हार्डवेयरका लागि ग्यालेक्सी एस२४मा सामसुङ नक्स जडित छ। यसले रियल–टाइम खतरा पत्ता लगाउने र सहयोगीका साथ कमजोरीविरुद्ध सुरक्षा दिने कम्पवनीको भनाइ छ। ग्यालेक्सी एस२४ नक्स भल्ट, सेक्युरिटी र प्राइभेसी ड्यासबोर्ड, अटो ब्लकर, सेक्योर वाइफाई, प्राइभेट सेयर, मेन्टेनेन्स मोडलगायतका नवीन सुरक्षा र गोपनीय सुविधा रहेका छन्।

दिगोपन
ग्यालाक्सी एस२४ सिरिजले उत्पादनको जीवनचक्र विस्तार गर्ने सामसुङको प्रतिबद्धता जारी राखेको छ। यसमा सात जेनेरेसनका ओएस अपग्रेड र सात वर्षका सुरक्षा अपडेट समावेश छन्।

मूल्य र उपलब्धता
नेपालमा माघ ३ २०८० देखि ग्यालेक्सी एस२४ शृंखलाका लागि प्रि–बुक खोलिएको थियो र यसको प्रतिक्रिया अत्याधिक थियो । सामसुङले एनसेलसँग सहकार्य गरी पहिलो ५०० ग्राहकलाई प्रिमियम सिम पनि उपलब्ध गराएको छ।

सबै प्रि–अर्डर स्टक घोषणा भएको ३ दिनभित्रै बुक गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ग्यालेक्सी एस२४को मूल्य १९९, ९९९, ग्यालेक्सी एस२४ अल्ट्राको मूल्य १८४, ९९९, ग्यालेक्सी एस२४प्लसको मूल्य १४२,९९९ र ग्यालेक्सी एस२४ बेसको मूल्य ११९, ९९९ रुपैयाँ पर्ने जनाएको छ।

देशभरका आधिकारिक सामसुङ स्टोरमा उपलब्ध यी फोन कम्पनीले शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधासहित बिक्री गरिने घोषणा गरेको छ ।