काठमाडौँ– बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।


ADVERTISEMENT


सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको बिदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।


ADVERTISEMENT

# # #


एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नजिता ल्याउने विश्वास गरे । प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरुले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ ।

नेपालले पहिलो खेल फेब्रुअरी २ मा वंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।