काठमाडौंं– निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ । सोमबार आयोगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने पचासभन्दा बढी उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको हो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले आज दिनको २ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरेको थियो ।


ADVERTISEMENT


अब सातवटै प्रदेशमा ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा रहनेछन् । यसैगरी, निर्वाचन अधिकृतहरुको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने सो प्रदेशमा अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारमा निर्वाचन हुने भएको छ । प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुनेछ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य पदमा निर्वाचन हुनेछ । प्राप्त विवरण अनुसार, प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् भने अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ ।

त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश नम्बर ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएका छन् । सो प्रदेशमा अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।