काठमाडौं-संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा २४ जना निर्विरोध निर्वाचित भएका छन् । ५९ सदस्यीय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।


ADVERTISEMENT


निर्वाचन प्रक्रियाबाट चयन हुुने ५६ सांसदमध्ये अब ३२ सिटमा मात्र चुनावी प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । माघ १० गते उम्मेदवारी मनोनयन गरिएको थियो । त्यस दिन ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको थियो ।


ADVERTISEMENT

# # #


त्यसमध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारमाथिको दाबीविरोध तथा फिर्तालगायत प्रक्रिया सोमबार टुंगिएपछि आयोगले निर्विरोध निर्वाचित भएकाहरूको नामावली तथा बाँकी सिटका लागि प्रतिस्पर्धी उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

निर्विरोध हुनेहरुको नामावलीः

-आजको कान्तिपुर दैनिकबाट