काठमाडौं-लमजुङस्थित पाणिनी संस्कृत माविमा पढाउँदै गर्दा २०५८ सालमा तत्कालीन बिद्रोही नेकपा माओवादीले शिक्षक मुक्तिनाथ अधिकारीको हत्या गर्यो । यस्तै २०५८ मंसिरमा शाही नेपाली सेनाले गोरखास्थित अजिरकोट ३ हंशपुरका चन्द्रप्रसाद खनाललाई नियन्त्रणमा लिएर बेपत्ता पार्यो ।


ADVERTISEMENT


सशस्त्र द्धन्द्धको समयमा सरकार र माओवादीका तर्फबाट हजारौंको ज्यान गयो, कयौं बेपत्ता छन् भने कति घाइते अहिले अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #


कतिलाई सरकारले शहीद घोषणा गरेको छ । तर, त्यो घोषणा सम्मानजनक नभएको दुवैतर्फका पीडितको गुनासो छ ।

शहिदको योगदानलाई कदर गरेमात्रै शहीदप्रति सच्चा सम्मान हुनेछ । राजनीतिकभागबण्डाको आधारमा शहीद घोषणा गरिँदा देश र जनताका लागि बलीदान गरेको प्रति अपमान हुने मानव अधिकार अगुवा चरण प्रसाईं बताउँछन् ।

यद्यपि सरकारी अभिलेखमै शहीदको एकीन तथ्यांक छैन । गृहमन्त्रालयका प्रवक्ता नारायण दुवाडीका अनुसार सरकारले पछिल्लोपटक १ सय ९० जनालाई शहीद घोषणा गरेको छ । सरकारद्धारा २०६५ पुस ९ गते ६ हजार ३ सय ४४ जनालाई शहीद घोषणा गरेको थियो ।