काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाहरु समयमा नै सम्पन्न नहुदा बाह्य ऋण बढ्दै गएको बताएका छन् ।


ADVERTISEMENT


मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरु ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको, बहुबर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिए । उनले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरि सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिबद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको धारणा राखे ।

निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उनको भनाई छ । अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानूनी सुधार लगायत संरचनात्मक सुधारहरु लगानी सम्मेलन अघि नै गर्ने धारणा राखे ।

उनले आगामी जुनको तेश्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अब त्यसको पनि तयारी गरिने जानकारी दिए ।