काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउन भन्दा चलाउन कठिन रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तिरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि संचालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए । उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाईट र माउन्टेन फ्लाईटबाट भने केही संभावना हुने धारणा राखे ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन ।

तीन अर्बभन्दा बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस बर्ष ५ करोड विनियोजन भएको जनाइएको छ ।